सानीमाले ८० करोड बोनस सेयर दिने, २९ असाेजमा साधारणसभा

६ बर्ष अगाडि

सानिमा बैंकले आफ्ना सेयरधनीलाई ८० करोड बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकले आगामी असोज २९ गतेका लागि बोलाएको साधारण सभामा ८० करोड १ लाख २५ हजार ५४४ रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको हो । 

बैंकको सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले गतवर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर पारित गर्ने प्रस्ताव सहित साधारण सभाको मिति तय गरेको हो ।

बैठकले १५ औँ वार्षिक साधारणसभा ् काठमाण्डौको नक्सालमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ । 

साधारसभामा विशेष प्रस्तावका रुपमा राखिने १० प्रतिशत बोनस सेयर पारित हुनेछ । 

त्यस्तै साधारणसभाले चुक्तापुँजीको ११।०५ प्रतिशतले हुन आउने ८८ करोड ४३ लाख ४९ हजार २८५।४७ रुपैयाँबराबरको ९लाभांश करसहित० नगद लाभांशको प्रस्ताव पनि पारित गर्नेछ । 

साधारणसभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वार्षिक वित्तीय विवरण, एकीकृत वित्तीय विवरणलगायत महत्वपूर्ण प्रतिवेदनहरु पनि पारित हुनेछ ।
 

६ बर्ष अगाडि

प्रतिक्रिया