व्यावसायिक कृषि र खानेपानी पहिलो प्राथमिकतामा छ

६ बर्ष अगाडि

हिमालको काखमा रहेको दूधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्रव्यावसायिक कृषि र खानेपानी पहिलो प्राथमिकतामा छ

वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा लमजुङ जिल्लामा साविकका दूधपोखरी, बिचौर, इलमपोखरी, कोल्की र गौंडा गाउँ विकास समितिहरूलाई समेटेर दूधपोखरी गाउँपालिका घोषणा गरिएको हो ।

दूधपोखरी गाउँपालिकाको क्षेत्रफल १५५।३३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ६ वडाहरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसंख्या १०,९७५ रहेको छ ।

भौगोलिक अवस्थितिः अक्षांस २८.१८ देखि उत्तर, देशान्तर ८४.५७ पूर्व रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला, पश्चिममा दोर्दी गाउँपालिका, उत्तरमा दोर्दी गाउँपालिका र दक्षिणमा राईनास नगरपालिका र गोरखा जिल्ला रहेका छन् ।

दूधपोखरी गाउँपालिका पर्यटकीय एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण पालिका हो । दूध पोखरी कुण्ड, पाब्ले देवी मन्दिर, इलम पोखरी ताल, देउराली ताल, लेमाचोक ताल, चण्डीबाबा मन्दिर, मौलाकोट, उलिदेवी कोट, थानिमाईलगायतका क्षेत्रको विकास, संरक्षण र व्यवस्थापनको काममा जुटेका छौं ।

पर्यटन पूर्वाधार र सडक निर्माणलाई विशेष प्राथमिकतामा राखेका छौं । सबै वटा सडक सञ्जालमा जोडिएका छन् । तीनवटा वडामा विद्युत पुगेको छैन ।

विद्युतीकरणमा अबको प्राथमिकता त्यही क्षेत्रमा छ । कृषिको आधुनिकीकरण र एक घर एक स्वच्छ खानेपानी हाम्रो पहिलो प्राथमिकतामा छ ।
गाउँपालिकाका ३१ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन नियमित पठनपाठन, कम्प्युटर कक्षा, बाल शिक्षालगायतको काम गरेका छौं ।

गाउँपालिकाका ६ वटा स्वास्थ्य चौकीको सेवा चुस्त बनाएका छौं । सुत्केरी भत्ता र स्वस्थ्य चुनाका विभिन्न कार्यक्रम गर्दै आएका छौं ।

स्वस्थ जनशक्ति उत्पादनले मात्र समृद्ध गाउँपालिका बन्ने भएकाले स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका हौं ।

६ बर्ष अगाडि

प्रतिक्रिया