काठमाडौं – जनता बैंकले ६ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश घोषणा दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको २९१ औं बैठकले आव २०७५÷०७६ मा बैंकले प्राप्त गरेको मुनाफा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले सो आर्थिक वर्ष रु १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६०३ नाफा गरेको छ ।
२०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. ८ अर्ब ७ लाख ८५ हजार ९२५ को १२ प्रतिशतले हुन आउने रकम छयानब्बे करोड चौरानब्बे हजार तीन सय दस र चौरानब्बे पैसा लाभांश शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले प्रस्ताव गरेको बोनस शेयर तथा नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।
प्रतिक्रिया