देश बनाउने जनताले हो, सरकारले त अविभावकत्व मात्र लिन्छ : प्रधानमन्त्री

६ बर्ष अगाडि

प्रधानमन्त्री केपीशर्मा ओलीले देश बनाउने जिम्मा जनताकै भएको बताएका छन् । उनले सरकारले अभिभावककत्व मात्र लिने बताए ।  

“देश बनाउने जनताले नै हो”, राष्ट्रिय विकास समस्या समाधान समिति (एनड्याक)को आइतबार बसेको ४६ औं बैठकमा उनले भने “यसमा सरकारले अभिभावकत्व लिने काम गर्छ।”

उनले संविधानले प्रदत्त गरेका मौलिक हक कार्यान्वयनका नाममा जनताका सबै आवस्यकता सरकारले पूरा गर्न नसक्ने बताए । 

प्रधानमन्त्री ओलीले वितरणमुखी नभई दीर्घकालिन विकासमा केन्द्रीत भएर सरकारले आफ्नो गतिविधी बढाउँदै लैजाने बताए।

लामो समयदेखि विकास आयोजना अलपत्र पार्ने ठेकेदार तथा निर्माण कम्पनीलाई कालोसूची (ब्ल्याकलिष्ट)मा नभई डार्कलिष्टमा राख्नुपर्ने उनको धारणा छ ।

“दशकौं देखि ठेक्का अलपत्र बनाउने ठेकेदारहरु विकासका बाधक बनिरहेका छन्। ठूला मान्छेहरुको संरक्षण पाएका छन्”, उनले भने, “ सरकारले तिनीहरुलाई कारबाही गर्न नसक्नु भनेको चीलले चल्लाको शिकार गर्न नसक्नु जस्तै हो।”

६ बर्ष अगाडि

प्रतिक्रिया