अर्थमन्त्री डा युवराज खतिवडाले खर्च गर्न नसक्ने रकम तत्काल फिर्ता (सरेण्डर_ गर्न विकासे मन्त्रालयहरुलाई आग्रह गरेका छन्।
राष्ट्रिय विकास समस्या समाधान समिति ९एनड्याक०को आइतबार बसेको ४६ औं बैठकमा उनले यो धारणा राखेका हुन्।
यो बैठकको अध्यक्षता केपीशर्मा ओलीले गरेका थिए भने सबै मन्त्री सामेल थिए।
खर्च गर्न नसकेर फ्रिज हुने अवस्थाका आयोजनाहरुले खर्च प्रणालीलाई नै प्रभावित पारेको उनको भनाइ छ।
"अघिल्लो वर्षको सुरुदेखि नै मैले भन्दै आएको छु। खर्च गर्न नसक्ने देखिए सुरुदेखि नै फिर्ता गर्नुस्, त्यस्ता रकम विकास निर्माणमा परिचालन गर्न पाउनेछौं," उनले भने, "यो वर्ष पनि म यही कुरा दोहोर्याउन चाहन्छु।"
अधुरा आयोजनाहरु सम्पन्न गर्न आयोजनाको प्राथमिकीकरण गर्नुपर्नेमा उनले जोड दिए।
प्रतिक्रिया