एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनी सुपरमार्केटले छुट दिने भएको छ ।
बैंक र सुपरमार्केटबीच भएको सम्झौता अनुसार डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत रकम वा अधिकतम रु. १००० सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौताअनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्ने बैंकका ग्राहकले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै यस बैंकमा खाता नभएका ग्राहकले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधिमार्फत् नयाँ खाता खोल्न सक्नेछन् र तुरुन्तै कार्ड प्राप्त गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङूले हस्ताक्षर गरे ।
असोज ८ गतेदेखि कात्तिक १६ गतेसम्म यो योजना लागू हुनेछ ।
प्रतिक्रिया