सिटिसी मलमा माेबाइल किन्दा स्कूटर, इण्डोनेशियाको बाली भ्रमण र ल्यापटप

६ बर्ष अगाडि

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै सुन्धारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ ।

मलको भुइँ तलामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरसहित असोज ५ देखि मोबाइल मेला सुरू हुने भएको हो । 

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ ।

त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप वितरण गरिनेछ । 

सबैभन्दा धेरै ब्राण्ड, सबैभन्दा धेरै भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

६ बर्ष अगाडि

प्रतिक्रिया