सांसदले हानिन् सांसदलाई झापड !

८ बर्ष अगाडि

जनकपुर –प्रदेश २ को नेपाल कम्युनिष्ट पार्टीकी सांसद मञ्जु यादवले आफ्नै पार्टीकी एक सांसदलाई झापड हानेकी छिन् । 
मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद यादवले धनुषाको क्षेत्र नं. १ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन् । 
दलको कार्यालयमा सांसदहरूको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेकी थिइन् । सांसद यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि यादव र साहबीच विवाद भएको थियो ।
 कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छुस्, बढी बोले २ झापड हान्छु’ भन्दै झापड नै हानेको बताइएको छ 

८ बर्ष अगाडि

प्रतिक्रिया