जनताले नोटको हिफाजत नगर्दा हरेकवर्ष करीब ३० करोड नोक्सानी हुने गरेको छ ।
बजारमा छापेका नोटहरु पचाँडै पुरानो हुने गरेका कारण करिब ३० करोढ रुपैयाँ नोक्सान हुने गरेको नेपाल राष्ट्रबैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए ।
राष्ट्रबैंकले दँशैका लागि हरेक वर्ष नयाँ नोट ल्याउने गर्छ । तर सर्वसाधारणले नोटको हिफाजत गर्दैनन् ।
नेपालनी नोट छपाउनका लागि एउटा नोटको औसत लागत सो २ रुपैयाँ ५० पैसा पर्ने गरेको छ ।
५ सय मुनिका नोट छाप्न प्रतिनोट २ र बाँकीलाई प्रतिनोट ३ रुपैयाँ ३७ पैसा पर्ने गरेको छ ।
तर त्यसरी छापेका नोटको हिफाजत नहुँदा राष्ट्रबैंकले अहिलेसम्म ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरका नोट धुल्याएको (जलाएको) छ ।
नेपालमा नोट धुल्याउने भनेको जलाएर नष्ट गर्ने विधि मात्रै प्रयोग हुन्छ ।
अहिले नेपाली बजारमा करिब ५ खर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन् ।
राष्ट्रबैंकका अनुसार सर्बसाधारण जनता, बैंक लगायतसंग गरेर ४ खर्श ९१ अर्ब रुपैयाँबराबरको नोट रहेको प्रवक्ता निरौलाले बताए ।
नेपाली नोटमध्ये एक सय रुपैयाँसम्मका नोटको आयु ३ वर्ष र ५ सय र १ हजार रुपैयाँका नोटको आयाु ५ वर्ष मात्रै हुने गरेको छ ।
तर त्यो अवधिसम्म पनि नेपालमा नोटको हिफाजत हुँदैन ।
त्यसैले नेपाल राष्ट्रबैंकले यसपटकको दशैंमा राष्ट्रबैंकले पहिला नै छापिएका पुराना र सुकिला नोटसमेत वितरण गर्ने भएको छ ।
हरेकवर्ष दशैंमा नयाँ नोट वितरण गर्ने भएपनि सर्वसाधारणबाट हिफाजत नहुने र करोडौ रुपैयाँ राज्यलाइ नोक्सानी हुनेगरेपछि पुराना सुकिला नोटसमेत वितरण गर्ने नीति अख्तियार गरेको हो ।
असोज १० देखि १७ गतेसम्म राष्ट्रबैंकले नोट सटहीको सुविधा दिने जनाएको छ ।
प्रतिक्रिया