नयाँवसपार्कबाट एकैदिनमा १४ हजार ५३० जनाले टिकट काटे, धेरै लुम्बिनी जाने

६ बर्ष अगाडि

आइतबार काठमाडौंको नयाँबसपार्कबाट एकैदिनमा १४ हजार ५ सय ३० जनाले टिकट काटेका छन् । 

दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी खुलेको अग्रिम टिकट बुकिङमा एकैदिन यति धेरै यात्रुले टिकट काटेका हुन् ।   

अघिल्ला वर्षहरु भन्दा यसवर्ष ढिला टिकट बुकिङ्ग खुलेकोले एकैदिन यात्रुहरुको धेरै चाप भएको हो  ।

पहिला पहिला सामान्यतया दशै शुरु हुनुभन्दा १ महिना अगाडिदेखि नै बुकिङ खुल्ला हुन्थ्यो तर यसपटक यातायात व्यवसायीको अटेरीका कारण १५ दिन अगाडिमात्र बुकिङ खुलेको हो । 

आइतबारदेखि खुलेको टिकट बुकिङ गर्ने मध्ये सबैभन्दा धेरै लुम्बिनी अंचलका यात्रु रहेका छन् ।

गुल्मीका लागि ३ हजार ९९२, पाल्पा २ हजार ५२३, नवलपरासी ३ हजार ९०८, रुपन्देही ८ हजार ६६४, कपिलवस्तु ८ हजार ७४० र अर्घाखाँचीका लागि २ हजार २२५ जनाले टिकट बुकिङ गरेका छन् । टिकट काट्ने भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परेको थियो ।  

लुम्बिनीमा चल्ने बसका यात्रुको चाप अत्यधिक भएपछि त्यस क्षेत्रमा बस सञ्चालन गर्दै आएको पश्चिम नेपाल बस व्यवसायी कम्पनीले पहिलो दिन ३५ बस थपेको जानकारी दिएको छ । 

त्यसैगरी सेती अञ्चल अन्तर्गतका जिल्लाहरुका लागि १४ देखि १८ गतेसम्मका सबै बस प्याक भइसकेको बताइएको छ । 

देशका विभिन्न जिल्लाबाट काठमाडौं बस्नेहरुले टिकट बुकिङ गर्नेमध्ये सबैभन्दा धेरै १७ गतेका लागि छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया