विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले अलपत्र पारेको सिक्टा सिंचाई आयोजना कहिले सकिन्छ?

८ बर्ष अगाडि

काठमाडौं । सरकारले खेती योग्य जमिनमा सिंचाई सुविधा पुर्याउने महत्वाकाक्षी लक्ष्य अगाडि सारेको छ । तर निर्माणमा रहेका अधिकाशं सिचाई आयोजनाको हालत कछुवाको गतिमा मात्रै अगाडि बढेको छ ।

निर्माणमा रहेको भेरी बबई डाइभर्सन आयोजनाको मात्रै गति तिव्र रहेको छ । सो आयोजनाको हालसम्म करिब ५ किलमेटिर सुरुङ निर्माण भइसकेको छ । कूल १२ किलोमिटर लामो उक्त सुरुङ हालकै गतिमा अगाडि बढे आगामी एक वर्ष भित्र निर्माण सम्पन्न हुने छ । बाँके र बर्दियाका कूल ४५ हजार हेक्टरमा सिंचाई सुविधा पुर्याउने लक्ष्यका साथ सो आयोजना निर्माण सुरु गरिएको हो । भेरी– बबई आयोजनाबाट सिंचाई र विद्युत् दुवै उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजना प्रमुख शिवकुमार बस्नेतकाअनुसार आयोजना तोकिएको भन्दा अग्र रुपमा नै अगाडि बढेको छ । तर सो बाहेक अन्य आयोजना भने कछुवाको गतिमा नै अगाडि बढेको छ ।

रानी जमरा कलुरिया, बबई सिंचाई आयोजना कहिले सकिन्छ भन्ने बारेमा सरकारी अधिकारी नै बताउन सक्दैनन । राप्रपाका नेता विक्रम पाण्डेले जिम्मा लिएको सिक्टा सिंचाई आयोजनाको हालत उस्तै रहेको छ । सो आयोजनाको मूल नहर नै भत्केपछि समस्या  सिर्जना भएको छ । स्थानीयले चर्को विरोध गरेपनि राजनीतिक पहुँच देखाएर आयोजनामा काम भएको छैन । मूल नहर नै मर्मत गर्नुपर्ने भएपनि अरु काम छाँयामा परेको छ ।

पछिल्लो २० वर्षदेखि सो आयोजना चर्चामा रहेको छ । तर काम भने करिब ५५ प्रतिशत मात्रै सकिएको छ । ठेकेदारले नयाँ बाहना पाएको छ भूकम्प र नाकाबन्दीका कारण काम गर्न सकिएन, म्याद थप आवश्यक छ । तर जति पटक म्याद थप गरेपनि आयोजना होल्ड गर्ने रक ाम नगर्ने प्रवृत्ति विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले गरिरहेको छ ।

यस्तै रानी जमरा कुलरिया आयोजनाको पनि रहेको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले पानी थुन्दा सो आयोजना सञ्चालन हुन सक्दैन । तर आयोजनाको बारेमा सरकारी अधिकारीले कुनै तयारी गरेका छैनन् । माथिल्लो कर्णालीले सिंचाई आयोजना प्रभावित नहुने दावी गर्दै आएको छ । सिंचाई विभागले प्रभावित हुन्छ कि हुँदैन भन्ने बारेमा गरेको अध्ययन समेत सार्वजनिक गरेको छैन । स्थानीयबासीलाई सरकारी अधिकारीले हालसम्म केही पनि जानकारी दिएका छैनन् ।

उस्तै हालत छ बबई सिंचाई आयोजनाको पनि । आयोजना निर्माण सुरु भएको १० वर्ष हुन लाग्यो । तर आयोजनाको हालसम्मको प्रगति ६० प्रतिशत मात्रै भएको छ । तर सिंचाई विभागका अधिकारी यसै वर्ष आयोजना सकिन्छ भनेको पनि चार वर्ष भयो । तर काममा हालसम्म प्रगति हुन सकेको छैन ।

मध्य तराई र पूर्व तराईका सिंचाई आयोजनाको हालत समेत उस्तै रहेको छ ।

बजेटमा सधै कहिले भएन काम

सरकराले २०२६ सालदेखिकै बजेटमा सुनकोशी– कमला डाइभर्सन आयोजना निर्माण गर्ने विषयलाई समेटछ । हरेक वर्ष बजेटमा सो आयोजना पर्छ र राखिन्छ पनि । तर हालसम्म सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन पनि बनेको छैन । आयोजना निर्माण हुने छेकछन्द समेत छैन । पूर्व परराष्ट्र मन्त्री डा प्रकाशचन्द लोहनीले यस विषयमा केही समय पहिले सञ्चारकर्मीलाई जानकारी दिँदै भनेका थिए – सो परियोजना देखाउनका लागि बजेटमा राखिन्छ । काम गर्नका लागि होइन । वर्तमान सरकारले पनि आगामी आर्थिक वर्षको बजेटमा सो आयोजना निर्माण प्रक्रिया थाल्ने भन्दै समावेश गरेका छन् । तर डिपिआर नै नबनको आयोजनाको काम कसरी अगाडि बढ्ला भनेर अहिल्यै अनुमान गरिनु समेत बेकार हुन जान्छ ।

सो आयोजना मात्रै होइन कालीगण्डकीमा समेत डाइभर्सन गर्ने योजना अगाडि सारिएको छ । तर भारतीय स्वार्थका कारण सुनकोशी– कमला र कालीगण्डकी डाइभर्सनको काम अगाडि बढ्दैन भन्नेमा भने धेरैलाई थाहा नहुन पनि सक्छ । तर जानकारी भएका अधिकारी नै यसबारेमा बोल्न तयार छैनन् ।

पश्चिम नेपालमा निर्माण भइरहेका सिंचाई आयोजनाको अवस्था बुझन पुगेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले तत्काल आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । तर उनको निर्देशनले काम गर्ने अवस्था नरहेको बताइन्छ । सम्बन्धित आयोजनाका प्रमुखले मन्त्री आउँछन्, निर्देशन दिन्छन्, हामीलाई खासै फरक पर्दैन भन्ने आशयको प्रतिक्रिया दिएका छन् । त्यसकारण भेरी बबई बाहेक अरु आयोजना गतिमा छैन भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

८ बर्ष अगाडि

प्रतिक्रिया