वडा कार्यालयमा आगजनी

६ बर्ष अगाडि

बझाङ – बझाङ जिल्लाको केदार स्युँ गाँउपालिका वडा नम्बर ७ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । गएराती अज्ञात समुहले आगजनी गरेको केदार स्यूँ गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले बताइन् । उनले आगजनीवाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नस्ट भएको बताइन् । 

आगजनी कसले र किन गरेको हो भन्नेवारे अहिलेसम्म खुलेको छैन । घटनास्थलमा रायल प्रहरी चौकीबाट टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया