अरुण तेस्रो आयोजनामा कसले पड्कायो बम ?

७ बर्ष अगाडि

संखुवासभा- अज्ञात समूहले अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउसको निर्माणाधीन भवनमा शनिबार राति बम बिस्फोट गराएका छन् । 

संखुवासभाको चिचिला गाउँपालिका–३ को दिदिङमा रहेको पुखुवा पावर हाउसमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि निर्माणाधीन भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए । 

बम विस्फोट गर्ने समूहको खोजी तीव्र पारिएको छ । विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । दुई वर्ष अघि पनि उक्त स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया