बाढीले बगाउँदा २ बालिका बेपत्ता

६ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा खोलामा आएको बाढीले बगाउँदा २ बालिका बेपत्ता भएका छन् ।

अविरल बर्षासँगै कोटखोलामा आएको बाढीले बगाउँदा स्थानीय दुई बलिका बेपत्ता भएका हुन् ।

बाढीले बगाउँदा बगरपाँटीकी पार्वती परियारकी ९ वर्षीया छोरी प्रबिना परियार र अनिता परियारकी ६ वर्षीया छोरी अनुस्का परियार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेपत्ता दुई बालिकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । शनिवारराति करिब सवा ११ बजेको समयमा कोटखोलामा बाढी आएपछि भाग्न खोज्द दुई बालिकालाई बाढीले बगाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

पार्वती परियार र अनिता परियार स्थानीय अम्बिक श्रेष्ठको जग्गा भाडा लिएर घर बनाएर बस्दै आएका थिए ।

रातिको समयमा बस्तीमा बाढी पसेको स्थानीय रश्मी दमाइले बताइन् । ‘सुतिरहेको अवस्थामा राति अचनाक बाढी आएपछि हामी भागेर बाच्न सफल भयौं,’ उनले भनिन् ।

वर्षासँगै आएको बाढीले बगरफाटँमा रहेको बुद्ध एकेडेमी बोर्डिङ स्कुल, स्थानीय रेशम जुग्जाली, अनिता परियार र पार्वती परियारको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ ।

पार्वती परियार, अनिता परियार र रेशम जुग्जालीको घर पूर्ण रुपमा पुरिएको छ भने सुकुम्बासी रश्मी परियार, माया परियार र सेते किसानको घरमा आंशिक क्षति पुर्‍याएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया