घाँस काट्ने योग्यता भएकालाई शाखाको जिम्मा,  विश्वविद्यालयका विद्यार्थी मर्कामा

६ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालय बल्खुमा उच्च तहका अधिकारीहरुले तल्लो तहका कर्मचारी भर्ना देखि नियमित काम लगाउने विषयमा समेत मनोमानी गरेर लुट मच्चाएको खुलेको छ ।

यसका साथै अयोग्यहरुलाई महत्वपुर्ण शाखाहरुको काम लगाएर विद्यार्थीहरुलाई समेत दुख दिने गरेको पाइएको छ ।

स्रोतका अनुसार दैनिक ज्यालादारीमा सुरुमा घाँस काट्न कर्मचारी भर्ना गर्ने र ती कर्मचारीलाई विभिन्न शाखाको जिम्मा लगाउने गरिएको छ ।

घाँस काट्ने योग्यता भएका लाई शाखाको जिम्मा लगाउदा कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ ।

अयोग्य कर्मचारीका कारण विद्यार्थीहरुको ट्रान्सक्रिप्ट देखि लिएर अन्य सिफारिसहरुमा त्रुटि देखिने गरेको छ ।

त्यती मात्रै नभएर ज्यालादारीमा काम गर्नेहरुलाई विदाको दिन समेत काम गरेको भनेर महिनाको ३० दिनकै तलब दिइन्छ भने फर्म इन्ट्री को भिन्नै पैसा दिने गरिएको छ ।

आर्थिक राष्ट्रिय दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया