काठमाडौं – हवाई उड्डयन सेवाको नियामक निकाय प्राधिकरणले विभिन्न वायु सेवा प्रदायक कम्पनी तथा सरकारी निकायबाट पुरानो र नयाँ गरी करीब रु २ अर्ब बक्यौता उठाउन बाँकी रहेको छ ।
प्राधिकरणले सरकारी निकाय तथा विभिन्न एयरलाइन्सबाट गत असार मसान्तसम्म २ अर्ब बक्यौता उठाउनुपर्ने दायित्व भएको उल्लेख गरेको छ । यो बक्यौतामध्ये सबैभन्दा बढी भन्सार विभागको रु ५४ करोड, एयर एशियाको रु २२ करोड, नेकोन एयरको रु चार करोड ७२ लाख ५८ लगायत रहेको छ ।
ति निकायबाट बक्यौता उठाउन बारम्बार ताकेता गर्दा पनि अटेरी गरेको भन्दै प्राधिकरणले बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई सार्वजनिक सूचना निकालेर बक्यौता असुल गर्ने भएको छ । झण्डै १५० निकायबाट प्राधिकरणले बक्यौता असुल गर्न बाँकी छ ।
प्रतिक्रिया