आउने भयो तेह्रथुम पावर कम्पनीको आइपीओ

६ बर्ष अगाडि

तेह्रथुम पावर कम्पनीले आइपीओ ल्याउन क्रेडिट रेटिङ गराएको छ । कम्पनीले आइपीओ ल्याउन  क्रेडिट रेटिङ गराएको हो । 

रेटिङ एजेन्सी इक्रा नेपालले यस पावरको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । यसले तेह्रथुम जिल्लामा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ ।
 
यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत भने १८ करोड ३० लाख रुपैयाँ छ । कम्पनीले १०० रुपैयाँका दरले १२ लाख कित्ता सेयर निस्कासन गर्नेछ । तेह्रथुमले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन् । आइपीओबाट प्राप्त हुने रकम तेह्रथुम पावरले निर्माण गरिरहेको अपर खोरुङा स्मल हाइड्रोपावर प्रजेक्टमा लागनी हुने कम्पनीको भनाई छ । 
 
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । तेह्रथुम पावर कम्पनी २००९ मा स्थापना भएको हाइड्रोपावर कम्पनी हो । हाल यसको चुक्ता पूँजी २८ करोड रुपैयाँ छ । आइपीओ बिक्रीपछि पूँजी ४० करोड पुग्नेछ । 
 
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया