पोखरा, २१ जेठ –प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश राजधानी एवं नामकरण विषयको समितिले प्रदेशको नाम गण्डकी र राजधानी पोखरा राख्ने सिफारिशसहित आफ्नो प्रतिवेदन पेश गरेको छ ।
बैठकमा समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले २०७४ चैत १२ गते गठित प्रदेशको राजधानी नामाङ्कन विषयको ११ सदस्यीय समितिले सरोकार भएका दल, नागरिक समाज, उद्योग व्यवसायीलगायतसँग छलफल गरेको बताए।
छलफलका क्रममा ११ वटै जिल्लामा सुझाव संकलनका लागि पाँच वटा टोली परिचालन गरिएको थियो । छलफलमा प्रदेशको राजधानी पोखरा रहनुपर्छ भन्ने पक्षमा ७०५ ९ ९३।८७ प्रतिशत०, गोरखा हुनुपर्छ भन्ने पक्षमा ३० ९३।९९ प्रतिशत० र अन्यका पक्षमा १६ ९२।१३प्रतिशत० देखिएको थियो । जिल्लागत रुपमा ११ वटै जिल्लाको मत राजधानी पोखरा हुनुपर्छ भन्ने रहेको थापाले जानकारी दिए। उनका अनुसार प्रदेशको नामकरण सम्बन्धमा तमुवानका पक्षमा ३४६ ९४५।४० प्रतिशत० मगरातका पक्षमा २६० ९३४।१२ प्रतिशत०, गोरखाका पक्षमा ७२ ९९।४५ प्रतिशत० र धवलागिरिका पक्षमा २२ ९२।८९ प्रतिशत० मत परेको थियो ।
दलगत रुपमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा प्रदेशको राजधानी पोखरा र नाम गण्डकी हुनुपर्ने पक्षमा रहेको उनले जानकारी दिए। नयाँ शक्ति पार्टीले प्रदेशको राजधानी पोखरा हुनुपर्ने र प्राथमिकताका आधारमा प्रदेशको नाम क्रमशः गण्डकी तमुवान, गण्डकी र अन्नपूर्ण रहनुपर्ने मत राखेको उनको भनाइ छ ।
आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश आकस्मिक कोषसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई विधायन समितिमा पठाइयोस् भनी गरेको प्रस्ताव तथा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विधायन समितिमा पठाइयोस् भनी गरेको प्रस्तावलाई सर्वसम्मत पारित भयो ।
बैठकमा आर्थिक मामिलामन्त्री गुरुङले प्रदेश आर्थिक कार्यविधि९पहिलो संशोधन० विधेयक २०७५ प्रस्तुत गर्नुभएकामा सभाले सर्वसम्मत पारित गरेको छ । सभामा भूमि व्यवस्था तथा कृषिमन्त्री लेखबहादुर थापाले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरे । अर्को बैठक यही जेठ २५ गते अपराह्न ४ बजे बस्नेछ ।
प्रतिक्रिया