फरार अभियुक्त १७ वर्षपछि यसरी परे प्रहरीको फन्दामा

६ बर्ष अगाडि

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन् ।

नुवाकोट ककनी गाउँपाकिा–५ घर भइ चितवनको राप्ती नगरपालिका–७ मा बस्दै आएका ५८ वर्षीय भरत सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले भवानी बजारबाट पक्राउ गरेको हो ।

२०५९ पुस २१ गते नुवाकोटको साविकको ककनी गाविस–७ सिम्ले (हाल ककनी गाउँपालिका–५) की ७० वर्षीया पदमकुमारी गुरुङको मकैबारीमा शव फेला परेको थियो । सोही घटनामा उनको संलग्नता रहेको सीआईबीले जनाएको छ ।

सुनारले ०५९ पुस २० गते छिमेकीको छोराको छेवर (ब्रतबन्ध) कर्मका बेला नाचगानका क्रममा विवाद भएपछि गुरुङलाई ढुंगाले हानेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया