संखुवासभाको अक्करको भिरबाट जीप खसेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ ।
लामो समयसम्म बर्षा भइरहेपछि खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
सदरमुकामबाट विरामी बोकेर धरानतर्फ जाँदै गरेको जीप गएराति भिरबाट नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए । दुर्घटनामा परी को १ ज ३७४९ नम्बरको बोलेरो जीपसहित ६ जना बेपत्ता भएका छन्।
गएराति साढे १० बजे अरुण नदीमा खसेर चालक विश्वकर्मासहित ६ जना बेपत्ता भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाले जानकारी दिए ।
खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको बताइएको छ।
प्रतिक्रिया