अविरल वर्षाका कारण राजविराजका साथै सप्तरीको ग्रामीण क्षेत्रका अधिकांश गाउँबजार जलमग्न बनेको छ ।
मंगलबार बिहानैदेखि परेको वर्षाको पानीले राजविराजको सिरहा रोड, अदालत रोड, राममन्दिर रोड, क्याम्पस रोडलगायतका क्षेत्र जलमग्न भएको हो । नगरका मुख्य बजार क्षेत्रमा वर्षाको पानीले निकास नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् ।
‘पहिले नालातिर पानी हुन्थ्यो, अहिले निकास नहुँदा सडकमै भेल छ,’ राजविराजका वरिष्ठ पत्रकार वैद्यनाथ झाले भने, ‘यसतर्फ नगरपालिकाका जिम्मेवार अधिकारीको ध्यान नजानु दुर्भाग्य हो । वर्षाको पानीले निकास नपाउँदा नगरका वडा नं। ३, ४, ५, ७, ११ र १६ वडाका अधिकांश घरमा समेत पानी पसेको छ ।’
पसल तथा गोदामभित्र पानी पसेर लाखौंको सामानमा क्षति पुगेको व्यापारी गोविन्द साहले बताए ।
प्रतिक्रिया