संविधानलाई मान्दिनँ भनेर भन्न सक्दीनः  मुख्यमन्त्री राउत

६ बर्ष अगाडि

आगामी असोज ३ गते संविधान दिवस मनाउने विषयलाई लिएर प्रदेश २ सरकारका मन्त्रीहरु विभाजित भएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेको कार्यक्रम तय गरेको छ । जसमा तीन दिन दिपावली गर्नेदेखि सरसफाइलगायतका कार्यक्रम समावेश छन् ।

तर, प्रदेश सरकारले दिपावलीको तयारी गरिरहँदा केही मन्त्रीहरुले भने असोज ३ गते कालो दिवस मनाउने भएका छन् ।

प्रदेश २ मा गठबन्धन सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले दिवापली वा कालो दिवस दुबै कार्यक्रम नगर्ने औपचारिक निर्णय गरेको छ ।

‘आफ्ना कुरा राख्ने, विचार व्यक्त गर्ने स्वतन्त्रता पाएका छौं, यो पनि संविधान नै दिएको हो । प्रदेश सरकारको प्रमुख भएको नाताले कसरी यो संविधानलाई मान्दिनँ भनेर भन्न सक्छु ः’ मुख्यमन्त्री राउत तर, प्रदेश २ को अर्को सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) ले भने कालो दिवसका रुपमा मनाउने घोषणा गरिसकेको छ । 

राजपाले संविधान दिवसका दिन जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने र साँझ ७ बजे १५ मिनेटका लागि ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया