यस वर्षको दशैँ र तिहारमा खाद्य अभाव नहुने भएको छ । गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तुको अभाव नहुने प्रमुख ओझाले जानकारी दिनुभयो ।
सदरमुकाम मार्तडीस्थित संस्थानको गोदाममा दुई हजार ४८२ क्विन्टल र कोल्टीको गोदाममा दुई हजार ६९७ क्विन्टल गरी कूल ५ हजार १७९ क्विन्टल चामल रहेको प्रमुख ओझाले जानकारी दिनुभयो । विगतका वर्षजस्तै जिल्लामा चालम छैन । खाद्य अभावले सङ्कट निम्त्याउँला भन्ने आशङ्का नरहेको उहाँको भनाइ छ ।
मार्तडीस्थित संस्थानको गोदाममा जिरा मसिनो दुई हजार ७०, मोटो एक हजार ७०० र सोना मनसुली ७८१ क्विन्टल चामल रहेका छन् । तीमध्ये साउन महीनामा मात्र २०० क्विन्टल चामल बिक्री भएको छ । अघिल्लो वर्ष साउन भदौमा एक हजार १०० क्विन्टलभन्दा बढी चामल बिक्री भएको संस्थानले जनाएको छ ।
यसैगरी पूर्वी उत्तरी भेगका तीन स्थानीय तह लक्षित गरी स्थापना गरिएको कोल्टी डिपो केन्द्रमा सोना मनसुली ६००, जिरा मसिनो दुई हजार ५०० र मोटो चामल एक हजार ५०० क्विन्टल रहेको छ ।
प्रतिक्रिया