सुनसरी– इलाका प्रहरी कार्यालय इटहरीले नियमित होटल चेकजाँजको क्रममा चौध वर्षका बालिकालाई उद्धार गरेको छ ।
सुनसरीको इटहरी–६ स्थितमा दियालो होटलको २०१ नम्बरको कोठाबाट बालिकाकोे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
बालिकालाई ललाईफकाई धनकुटाको लेकुवापुल डाँडा भोजपुरबाट काम लगाइदिन्छु भन्दै आरती केसी भन्ने पवित्रा थापाले बालिकाको परिवारको अनुमतिविना इटहरी ल्याएर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।
थापाले बालिकालाई काम लगाइदिनु सट्टा जबरजस्ती गरी हरि भन्ने लक्ष्मण राउत र प्रदिप कोइरालासँग बस्न लगाइ यौन क्रियाकलाप गर्न बाध्य बनाएको अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीको भनाई छ ।
घटनामा संलग्न पवित्रा थापा, हरि भन्ने लक्ष्मण राउत र प्रदिप कोइरालालाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपोसार मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया