मौसम बिग्रिएपछि त्रिभुवन विमानस्थल बन्द

६ बर्ष अगाडि

काठमाडौं – सोमबार र मंगलवार विहान देखि परेको अविरल वर्षाको कारण मौसम बिग्रिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण बन्द भएको छ । 

भिजिविलिटी कम भएपछि आन्तरिक र बाह्य उडानका सबै जहाजको अवतरण बन्द भएको त्रिभुवन विमानस्थलमा कार्यरत एक अधिकृतले जानकारी दिए ।  

विमानस्थलबाट हुने उडान भने रोकिएको  छैन । अवतरण बन्द भएपछि दिल्लीबाट आएका नेपाल एयरलाइन्स र इण्डिगोले आकाशमै फन्को लगाइरहेका छन् । आन्तरिक उडानका जहाजहरु पनि होल्डमै रहेका छन् ।

त्रिभुवन विमानस्थलबाट दैनिक ७० भन्दा बढी अन्तर्राष्ट्रिय र ३ सय हाराहारी आन्तरिक उडान–अवतरण हुने गर्दछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया