कृषि कर्जा प्रवद्र्धन गर्न सानिमा बैंक र यूके एड–सक्षमबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार कषि क्षेत्रमा कर्जा बिस्तार गर्न आवश्यकीय संरचना स्थापना गरिनेछ । यसका लागि आवश्यक अध्ययन र नीति तथा कार्ययोजना बनाइने सम्झौतामा उल्लेख छ ।
कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रवाह गर्न आवश्यक साधन सक्षमसँगको सहकार्यमा परिचालन गरिनेछ ।
यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत सञ्चालित छ । जुन नेपाल सरकार र यूके सरकारको सम्झौता अनुरुप यूके एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।
सम्झौतामा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सक्षमका तर्फबाट टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया