ख्याल गर्नुस्, आज र भोली यी खोलानदी खतरामा छन्

६ बर्ष अगाडि

देशका विभिन्न खोलानदीमा पानीको सतह बढ्ने भएकोले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

हिँजो आइतबारदेखि देशभरी बदली रही देशका मध्य र पश्चिमी भूभाग तथा पूर्वी पहाडी र तराइ क्षेत्रमा वर्षा भइरहेकोले खोला नदिको सतह बढ्न सक्ने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार अहिले कोशी नदिको चतरामा जसतहले सतर्कता तह पार गरेको छ ।

खतरा तह नदी आसपासका बस्तीमा पुग्न सक्ने संभावना रहेकोले सुनसरी र सप्तरी जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सचेत बनाएको छ ।

त्यसैगरी नवलपरासीको डण्डा, कावाशोती र आसपासको गिरिउवारी लगायतका नदीतटीय क्षेत्रमा पनि खतरा रहेको महाशाखाले जनाएको छ । नवलपरासीमा अहिले भारी वर्षा भैरहेको छ ।

यसैगरी विभागले चितवनको माडी, बनकट्टा, कल्याणपुर आसपासमा पनि भारी वर्षा भएकोले रिउखोला उर्लेको जनाएको छ ।

रिउखोलाको जलसतह जोखिम विन्दुमा पुगेकोले खतरा तह पार गर्ने सक्ने भन्दै विभागले त्यस क्षेत्रका जनतालाई उच्च सतर्कता अपनाउन भनेको छ ।

विभागले संखुवासभाको तुर्केघाटको बाढी मापन केन्द्रमा अरुण नदीको जलसतह खतरा आसपासमा पुगेकोले भोली विहानसम्म नै जोखिम रहनसक्ने बताएको छ ।

आज र भोली कोशी, बागमती, नारायणी, पूर्वी राप्ती, रिउखोला, अरुण, तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला, लालबकैया लगायत कमवानपुर, बारा, पर्सा चितवन, नवलपरासी रुपन्देही, कपिलबस्तु, दाङ लगायतका जिल्लामा बग्ने नदी खोलाहरुमा बाढी आउन सक्ने भएकोले सतर्क रहन आग्रह गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया