सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांस दिने

६ बर्ष अगाडि

काठमाडौं – सिद्धार्थ बैकले २५ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । यही भदौ ३० गते बसेको संचालक समिति बैठकले २५.२६ प्रतिशत लाभांस प्रस्ताव गरेको जनाएको छ ।  बैंकले नगद लाभांश १५.२६ प्रतिशत र बोनश शेयर १० प्रतिशत दिने भएको हो ।

बैंकले प्रस्ताव गरेको प्रस्तावित लाभांस साधारण सभा र नेपाल राष्ट्र बैकले स्वीकृत गरेपछि लगानीकर्ताले पाउने छन । गत वर्षको तुलनामा बैकले लाभांस दर बढाएर दिएको छ । गत वर्ष बैकले १३.१६ प्रतिशत नगद लाभांस दिएको थियो भने अघिल्लो वर्ष बैकको लाभांश दर १४ प्रतिशत रहेको थियो ।

गत वर्ष बैकले रु २ अर्ब ३० करोड खुद नाफा गरेको थियो । बैकको गत आर्थिक वर्षको चौमासिक वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया