काठमाडौँ–आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालद्वारा युएई पराजित भएको छ ।
युएईबाट ११५ रनको रक्षय पाएको नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो ।
नामिबियाको युनाइटेड ग्राउण्डमा आइतबार सम्पन्न खेलमा युएईले दिएको ११५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेट खर्चेर पूरा गरेको हो ।
नेपालको जितका लागि कप्तान पारस खड्काले सर्वाधिक अर्धसतक बनाए । उनले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् ।
यसअघि यूएईले ३१ ओभरमा सबै विकेट गुमाई ११४ रन बनाएको थियो ।
खराब मौसमका कारण कारण ३४ ओभरमा घटाइएको खेलमा युएईका लागि शइमन अन्वारले सर्वाधिक ३० रन बनाए ।
प्रतिक्रिया