ज्ञानेन्द्र शाहीलाई एकै दिनमा तीन जिल्ला प्रवेश गर्न रोक

६ बर्ष अगाडि

विवादास्पद अभिव्यक्तिका कारण विवादमा आएका युवा ज्ञानेन्द्र शाहीलाई दुई जिल्ला प्रवेश निषेध गरिएको छ । शाहीलाई युवा संघ नेपालले धनुषा, कास्की र बाँके जिल्लामा प्रवेश गर्न रोक लगाएको हो ।

आइबार तीनवटै जिल्लाका युवा संघ नेपालले विज्ञप्ति जारी गर्दै युवा संघले  हातपात र आक्रमण गर्नेप्रति निन्दा र खेद प्रकट गर्दै शाहीलाई उक्त तीन जिल्लामा प्रवेश गर्न रोक लगाएको छ ।

विज्ञप्तिमा शाहीले फेसबुक, युटुव र ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग गरी समाजमा भ्रम सिर्जना गर्न खोजेको र द्वन्द्व गर्न उक्साएको आरोप लगाइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया