वार्ताका लागि सिंहदरबार पुगेको पत्रकारहरुको टोली पक्राउ परेको छ । रेडियो नेपालबाट विना कारण निकालिएका पत्रकारको पुनर्वहाली तथा श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै रेडियो नेपालमा डेलिगेसन गएको पत्रकारको टोलिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, केन्द्रीय सदस्य यम विरही, जन्मदेव जैसी, मिन बम, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, योगेन्द्र बलायर, दिलीप पौडेल, निष्कासित पत्रकारहरू चक्र कुवँर र प्रकाश बम छन् ।
दिपायलबाट निकालिएका पत्रकारहरुको पुनर्वाहलीको माग राख्दै उनीहरु रेडियो नेपालको कार्यालयमा डेलिगेशन गएका थिए । पक्राऊ परेका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
प्रतिक्रिया