पर्यटन मन्त्रीले गरे सिंहदरबार, धरधरा र रानीपोखरीको अवलोकन

६ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, नेपालका लागि थाइल्याण्डका राजदूत भकाभत तानस्कुल लगायतले अवलोकन गरेका थिए ।

यसैबीच प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले  सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन गरे । सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भइरहेको छ । प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवनहरु भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।

रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ । 

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिएका थिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया