मन्त्रीले जहाज राेक्दा मुख्यमन्त्री ट्राफिक जाममा

६ बर्ष अगाडि

बिहान १० बज्नै लाग्दा जावलाखेलको ट्राफिक जाम बढ्दै थियो । काममा ढिला हुने चिन्ताले छटपटिएका यात्रु भन्दै थिए ‘आफ्नो लागि प्लेन पनि रोक्छन, तर जनताका लागि सँधैको यस्तो जाम ।’

त्यहि जामको बीचमा देखियो प्रदेश ३–०३–००१ झ ००११ नम्बरको झण्डावाल गाडी । गाडी न साइरन बजाएको थियो न त लेनमिच्दै कुदेको थियो । 

विस्तारै जाम खुल्दै गयो । कुपण्डोलमा जाम प¥यो, झण्डावाल गाडी जाममै बस्यो ।

फेरी माइतीघर सिंहदरबारमा जाम प¥यो त्यहाँ पनि गाडी उसैगरी अरु गाडीजस्तै जाममा रोकियो ।

पुतलीसडक पुगदासम्म जाममा साइरन बजाउने र लेन मिच्दै भाग्ने झण्डावाल गाडी देखेका सर्वसाधारण अचम्ममा परे । 

अरु साधारण गाडी सरह सडक तथा यातायातको नियम पालना गर्दै गएको उक्त गाडी प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलको भएको थाहा भएको छ । 

राज्यको माथिल्लो ओहोदामा पुग्नासाथ रवाफ देखाउने, कानून मिच्ने र बाटो नै खाली गरेर सर्वसाधारणलाई दुःख दिने प्रवृत्ति रहेपनि मुख्यमन्त्री पौडेलले सर्वसाधारण नागरिकले सरह काठमाडौंको ट्राफिक जामको अवस्था भोग्ने हो भने यस्तो समस्या समाधानका लागि पहल हुन सक्ने जनताको तर्क छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया