सांग्रिला डेभलपमेन्ट बैंकद्वारा  विद्यार्थीलाई आर्थिक सहयोग

६ बर्ष अगाडि

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले प्रदेश नं. ३ ललितपुर महानगरपालिका ७ ग्वार्कोमा सन्चालित क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको हो । 

बैंकको सहकार्यमा क्विस्ट इन्टरनेशनल कलेज अन्तर्गतको क्विस्ट सोसियल क्लवका बिधार्थीहरुद्वारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाई कार्यक्रम र कलेज प्राङ्गण मा रक्तदान क्रार्यक्रम, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहिकाख लाई आवश्यक समाग्री सहयोग प्रदान गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया