विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि यस्तो छ कुलमानको तयारी

६ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणले रातीको समयमा विद्युतीय सवारी साधनलाई चार्ज गर्न सस्तो दरमा विद्युत् उपलब्ध गराउने भएको छ ।

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई विस्तार गर्ने र सार्वजनिक यातायातामा पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्य राखेकोमा त्यसलाई पूरा गर्न रातीको समयमा सस्तो दरमा विद्युत् उपलब्ध गराउने नीति लिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा प्रतियुनिट कूल चार रुपैयाँ २० पैसामा विद्युतीय सवारी साधनका लागि विद्युत् उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

उनले विद्युतीय सवारीसाधनका लागि विद्युत् उपलब्ध गराउने प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

उनले भने “रातको समयमा विद्युत्को माग असाध्यै कम हुने भएकाले सोही समयमा विद्युत्को खपत पनि बढोस भनेर सस्तो दरमा विद्युत् उपलब्ध गराइएको छ । हाल केही कम्पनीले मात्रै उक्त सेवा लिएका छन् । विस्तारै त्यो बढेर जाने विश्वास राखिएको छ ।”

प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युतीय सवारी साधन चार्ज गार्द नौ रुपैयाँ ५० पैसासम्म पर्ने र दिउँसो प्रतियुनिट सात रुपैयाँ ५० पैसासम्म पर्न जाने जनाएको छ । विद्युतीय सवारी साधनको प्रवद्धनमा सरकार र निजी क्षेत्रको सक्रियता बढेपछि प्राधिकरणले पनि त्यसलाई उपयुक्त विधिबाट विद्युत् उपलब्ध गराउन लागेको हो ।

२५ प्रतिशत शेयर बिक्री गर्ने तयारी प्राधिकरणले चुक्ताँपूजीको २५ प्रतिशत साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने “ चुक्तापूँजीको २५ प्रतिशत शेयर बिक्रीको तयारी गरिएको छ । तर त्यसका लागि प्राधिकरणको घाटा पूर्ण रुपमा नाफामा परिणत हुनुपर्नेछ ।” प्राधिकरणले त्यसका लागि वित्तीय पुनःसंरचनाको पनि काम गरिसकेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया