सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को एमबिबिए, बिडिएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।
अदालतबाट अन्तरिम आदेश खारेज भएसँगै आइओएमलाई प्रवेश परीक्षा लिन बाटो खुलेको छ। अब आइओएमले परीक्षाको नयाँ मिति तोकेर सोही अनुसार परीक्षा सञ्चालन गर्न सक्नेछ।
प्रवेश परीक्षाका विषयमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। अदालतमा आज भएको सुनुवाईपछि न्यायाधिशद्वय इश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले अन्तरिम खारेज गरेका हुन्।
सर्वोच्चले २० गते शुक्रबार आइओएम र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवेश परीक्षा रोक्न अन्तरिम आदेश दिएको थियो।
यस्तै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान ९आईओएम०का डीन प्राडा जगदीश अग्रवालमाथि दुर्व्यवहार भएको छ ।
त्रिवि शिक्षण अस्पतालको कार्यकक्षमा बसिरहेका बेला दुई जनाको समूहमा आएका अपरिचित व्यक्तिले दुर्व्यवहार गरेको हो ।
डीन कार्यलयका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले दिउसो सवा २ बजे अन्तरबार्ता लिन भनेर छिरेको दुई जनाको समूहले अग्रवालमाथि कालो मसी छर्केर फरार भएको बताए ।
प्रतिक्रिया