मलेसिया रोजगारी खुलेपछि एकैपटक ५० हजार कामदार माग हुने

६ बर्ष अगाडि

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी खुलेपछि एकैपटक ५० हजार कामदारको माग हुनसक्ने म्यानपावर व्यवसायीले बताएका छन् । 

मलेसिया र नेपालबीच भएको श्रम समझदारी कार्यान्वयनमा लैजाने सहमति भएपछि मलेसियाबाट ४० देखि ५० हजार कामदारको माग नेपाल आउन सक्ने व्यवसायीको अनुमान छ । 

१५ महिनादेखि बन्द रहेको मलेसिया खुल्नेवित्तिकै दसैँअघिदेखि नै कामदारको माग आउने भएकाले युवाहरु मेनपावर धाउन थालेका छन् ।

 वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ अब मलेसियाबाट सुरुआती महिनामा कामदार मागको चाप बढ्ने बताउँछन् । बन्द नभएका बेला औसत १० हजार कामदार मलेसिया जान्थे । अहिले पनि मलेसियन कम्पनीमा थुप्रै नेपाली कामदारको माग भइरहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया