नगरपालिकाको कार्यालयमा आगलागी

६ बर्ष अगाडि

कैलालीको लम्कीचुहा नगरपालिकाको कार्यालयमा आगलागी भएको छ । गएराति नगर प्रमुख महादेव बजगाईंको कार्यकक्षमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागीबाट मेयरको कार्यकक्षमा रहेका कुर्सी, टेबल, स्टेबलाइजर, एसी, कार्पेट र पर्दामा क्षति पुगेको कैलाली प्रहरी प्रवक्ता दक्ष कुमार बस्नेतले बताए ।

विद्युत् सर्ट भएर उक्त आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । यद्यपि घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

६ बर्ष अगाडि

प्रतिक्रिया