घरबेटीले विजुलीको १३ रुपैयाँभन्दा बढी लिन नपाउने

६ बर्ष अगाडि

घरबहालमा बस्नेहरुसँग चर्को विद्युत महसुल नलिन नेपाल विद्युत प्राधिकरणले घरबहालमा लगाउनेहरुलाई आग्रह गरेको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी महसुल नअसुल्न घरबेटीहरुलाई आग्रह गरेका हुन् । 

“तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ”, प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने । 

कतिपय घरबेटीले प्रतियुनिट २० रुपैयाँसम्म विद्युत महसुल असुलेको उजुरी परेको भन्दै उनले प्रति युनिट रु १३ भन्दा बढी नतिर्न पनि उनले बहालमा बस्नेहरुलाई आग्रह गरे । 

“यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं”, उनले भने । 

६ बर्ष अगाडि

प्रतिक्रिया