देउवाको गृह जिल्लामा ओली र प्रचण्डको पुतला दहन

६ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । 

आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेको हो ।

जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुतला दहन गरिएको हो । 

नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा ओली र प्रचण्डको पुतला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराले जानकारी दिए ।

उक्त घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनको माग छ । उनले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरू नेकपासँग लड्न तयार रहेको समेत चेतावनी दिए । उनले प्रजातन्त्रविरोधी क्रियाकलापहरू रोक्न सरकारलाई आग्रह गरे ।

६ बर्ष अगाडि

प्रतिक्रिया