रुपन्देही – रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो अज्ञात व्यक्तिको गोली लागेर ओमसटिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाले जानकारी दिए । कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ ।
प्रतिक्रिया