आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता भन्दै मनपरी अभिव्यक्ति दिने ज्ञानबहादुर शाही लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ललितपुरको पुल्चोकमा आफैले भेला गरेका युट्युवरमाथी हातपातमा उत्रेपछि उनी पक्राउ परेका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि जहाजमै दुव्र्यवहार गरेका साहीले र सोही घटनाबारे जानकारी दिने भन्दै पुल्चोकमा युट्युवरहरु भेला गरेका थिए ।
युटुबरहरुले सोधको प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युटुबर र शाही समर्थक बीच हात हालाहालको स्थिति बनेको थियो ।
स्थिति तनावपूर्ण बनेपछि प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर सुरक्षा दिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
स्थिति सामान्य भएपछि उनलाई छाडिने पनि एसएसपी राईले बताए ।
प्रतिक्रिया