महोत्तरीकाे बर्दिबासमा प्रभु बैंकले दुई वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले बर्दिवास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको हाे ।
बर्दिवास मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको कार्यालय प्रमुख कोमल रन्जन बरालले र जलेश्वरस्थित मालपोत कार्यालय परिसरमा रहेकाे काउण्टरकाे कार्यालय प्रमुख भुप बहादुर बोगटि र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त प्रमुख युवराज राईले संयुक्त रुपमा उद्घाट्न गरे ।
काउण्टर स्थापना भएपछि मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको छ ।
प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने तथा दुवै मालपोत कार्यालयको राजश्व संकलन प्रक्रियामा सहजता आई राजश्व संकलनमा समेत टेवा पुग्ने जनाएको छ ।
नयाँ काउन्टरको उद्घाटन सँगै सेवाग्राहीलाई बैंकीङ कारोबार सहज हुने विश्वास लिएको छ । यो सँघै अहिले प्रभु बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटिएम र २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्फत सेवा प्रवाह गरिरहेको छ ।
प्रतिक्रिया