नेपाल बंगलादेश बैकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।
उक्त शाखाको उद्धाटन संघीय संसद् सदस्य पम्फा भुसालले गरेको बैंकद्धारा विज्ञप्तीमा भनिएको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ सेवा प्रदान गर्ने उदेद्दयले शाखा विस्तार गरेको जनाएको छ ।
सो शाखाबाट ग्राहकले सबै प्रकारका निक्षप, कर्जा कारोवार सुविधा र रकम भुत्तानी लगायत सम्पूर्ण बैकिङ् सेवा प्राप्त गर्न सक्ने बताइएको छ । बैकले ९५ शाखा, सात एक्टेन्सन काउन्टर र ७९ एटिएमबाट सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया