स्ववियू कोषाध्यक्ष जमरकट्टेलमाथि हातपात

८ बर्ष अगाडि


बैतडी - बैतडीको गोकुलेश्वर कृषि क्याम्पसका स्ववियू कोषाध्यक्ष दिनेश जमरकट्टेलमाथि अनेरास्ववियूका कार्यकर्ताले आक्रमण गरेका छन् ।    
शुक्रबार साँझ उनीमाथि गोकुलेश्वर कृषि क्याम्पसकै इकाई अध्यक्ष  कुबेर रोकाया, सचिव मनसुन दाहाललगायतले  आक्रमण गरेको जमरकट्टेलले बताएका छन् । 
 साँझ केहि नयाँ विद्यार्थीसहित क्यान्टिनमा खाना खान हिँडेका जमरकट्टेलमाथि एकाएक  रोकाय र दाहालले आक्रमण उनको  भनाई छ । 
  सुरुमा  दाहालले  हातपात गरेको र त्यसलगत्तै रोकायले पनि हातपात गर्न थालेपछि आफूले भागेर ज्यान जोगाउन सफल भएको जमरकट्टेलले जानकारी दिए । 
केहि पहिले नेविसंघका कार्यकर्ता र अखिलका कार्यकर्ताबीच सामान्य विवाद भएको र त्यसबारे बेखबर जमरकट्टेलमाथि  आज एकाएक आक्रामण भएको बताइएको छ । 
यसैबीच नेविसंघ केन्द्रीय समितिले घटनाको भत्सर्ना गरेको छ ।  नेविसंघका मुख्यसचिव डिल्लीराज हमालले एक विज्ञप्ति जारी गर्दै जमरकट्टेलमाथि भएको आक्रमणको भत्सर्ना गरेका छन् ।

८ बर्ष अगाडि

प्रतिक्रिया