पहिरोले बुटवल–पाल्पा सडक अबरुद्ध

६ बर्ष अगाडि

सिद्धार्थ राजमार्ग ढुङ्गे पहिरोका कारण अबरुद्ध बनेको छ । शुक्रबारबाट झरेको पहिरो शनिबार पनि झरेपछि सडक अवरुद्ध भएको हो ।

माथिल्लो शिद्धबाबानजिकै २० मिटर माथीबाट खसेको ढुङ्गे पहिरोले  सडक अबरुद्ध भएको दोभान प्रहरी चौकीका प्रमुख असई बालबहादुर खत्रीले जानकारी दिए ।

हिजो दुई वटा जिप पुरिएको थिए । गुल्मीको कालिगण्डीकी गाउँपालिका ७ का २६ बर्षीय कमल परियारको घटना स्थल मै मृत्यु भएको थियो भने चार जना घाईते भएका थिए । शिद्धबाबा आसपासको ढुङ्गे पहिरोले बर्षेनी मानिसहरुको ज्यान लिदै आएको छ ।  

 

६ बर्ष अगाडि

प्रतिक्रिया