पत्रकार महासङ्घलाई सहयोग

६ बर्ष अगाडि

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाले रु चार लाख  सहयोग गरेको छ । 

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार उपचार कोषका संयोजक  सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलगायतलाई सो शुक्रबार सो रकम हस्तान्तरण गर्नुभएको हो । 

रकम हस्तान्तरण गर्दै प्रमुख महतले आफ्नो कार्यकालभरिमा उपचार कोषमा रु २० लाख पु¥याउने बताउनुभयो । पत्रकारले दुःख पाएको बेलामा उपमहानगरपालिका सधैँ साथमा रहेको उहाँको भनाइ थियो । 

महासङ्घका अध्यक्ष हुमागाईंले उपचार कोषमा हालसम्म रु नौ लाख सङ्कलन गरिएको बताउनुभयो । यसअघि उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले रु दुई लाख र शिवम् सिमेन्ट उद्योगले रु तीन लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो । मकवानपुरका पत्रकार गम्भीररुपमा बिरामी परेमा उपचार कोषको ब्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको हो । 

६ बर्ष अगाडि

प्रतिक्रिया