काठमाडौं – काठमाडौंको गोलढुंगामा प्रहरीले गुण्डा साजन गुरुङलाई गोली हानेको छ । प्रहरीको गोली लागि घाइते भएका साजनलाई उपचारका लागि बीर अस्पताल लगिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले साजनलाई पक्रन खोजेको थियो । तारकेश्वर नगरपालिकाको गोलढुंगा स्थित फूलबारी रेष्टुराँमा साजनलाई प्रहरीले घेरेको थियो । तर, साजनले प्रहरीलाई पत्याक्रमण गरेर भाग्न खोजेका थिए ।
साजनलाई खुट्टामा दुई गोली लागेको बुझिएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल बहादुर थापाले बताए अनुसार उनलाई विभिन्न अभियोगमा पक्राउ गर्न खोजी गरिँदै आएको थियो ।
प्रतिक्रिया