मिडिया विरूद्ध गाली गलौजमा उत्रे आपूर्ति मन्त्री

६ बर्ष अगाडि

कमिसनको लागि सिमेण्टको गुणस्तर सूत्र हेरेफेर गरेको समाचार सार्वजनिक भएपछि  उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मात्रृका यादव सार्वजनिक रुपमै मिडिया विरुद्ध गाली गलौजमा उत्रेका छन् । 

साल्ट ट्रेडिङकर्पोरेशनको ५७ औँ बार्षिकोत्सव कार्यक्रममा मन्त्री यादवले सिमेण्टको गुणस्त सूत्र हेरफेरको समाचार लेख्ने सञ्चारमाध्यमविरुद्ध गाली गलौजमा उत्रिएका हुन् । 

मन्त्री यादव कुनै बेला कर्मचारीलाई ट्वाइलेटमा थुन्ने तथा नजानी नजानी अंग्रजी बोलेर विवादित बनेका थिए। 

अनियमिततामा मुछिएको समाचार सार्वजनिक भएपछि आफ्नो कमजोरी खुल्ने डरले मन्त्री यादवले समाचार लेख्ने सञ्चारमाध्यमको नामै लिएर गाली गरे । “मन्त्रीकै मिलेमतोमा भष्ट्राचार हुन लाग्यो भनेर बेतुकको समाचार छापेको छ”, उनले भने, “मिडियाले विना प्रमाणका समाचारहरु छापेर हल्ला फैलाउने काम गरेका छन् । मिडियाकै कारण हाम्रै समाजमा छोरी चेलीले आत्महत्या गर्न बाध्य भएको उदाहरणहरु पनि छन्।”
मन्त्रीकै अगुवाईमा सिमेन्टको गुणस्तर परीक्षण गर्ने मापदण्ड परिवर्तन गर्न करौडोको चलखेल भएको समाचार रातोपाटीले बिहीबार मात्रै प्रकाशित गरेको थियो।

तर कार्यक्रममा उपस्थित कर्मचारीले नै सिमेण्ट गुणस्तरको सूत्र हेरफेरमा नीतिगत अनियमितता भएको बताए ।  “नीतिगत भ्रष्टाचार भएकै छ तर समाचार प्रकाशित भएपछि भ्रष्टाचारको पोल खुल्ने डर मन्त्रीमा देखियो”, तीक कर्मचारीले भने “सिमेण्ड सूत्र काण्डमा करोडौ खाएकै छन् ।” 

रातोपाटी डटकमले बिहीबार ‘सिमेन्टको ५० प्रतिशत गुणस्तर घट्नेगरी परीक्षण सूत्रमा हेरफेर’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो । 

सो समाचार प्रकाशित भएलगत्तै नेपाल गुणस्तर तथा नापतौल बिभागले विज्ञप्ति जारी गर्दै परीक्षण सूत्रमा हेरफेर गर्दैमा सिमेन्टको गुणस्तर कम नहुने बताएको थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया