प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापालाई बधाई दिएका छन् । ओलीले गृहमन्त्री थापालाई अन्तर्राष्ट्रिय अपराधिक गिरोहलाई पक्राउ गर्न सफल भएकोमा बधाई दिएका हुन् ।
गत आइतबार मन्त्रिपरिषद्को बैठक सुरु हुनुअगाडि ओलीले थापालाई बधाई दिएका थिए ।
नेपालबाट करोडौं रकम एटिएम ह्याकिङ गरेर लैजान आएको चिनियाँ गिरोहलाई तत्कालै पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंको सक्रियता चिनियाँ गिरोह पक्राउ परेको थियो । खासगरी परिसरका डिएसपी होविन्द्र बोगटीको यसमा मुख्य भूमिका रहेको थियो ।
प्रतिक्रिया